ओली-प्रचण्डबीचको छलफल स्थगित

वेलकम खबर
भदौ ८, २०७७

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनिएको भेट स्थगित भएको छ। नेकपा विवाद समाधानका लागि गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनबारे दुई अध्यक्षबीच हुने भनिएको छलफल स्थगित भएको हो।

दुईबीच भोलि भेटघाट हुने बुझिएको छ। साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो। कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्षबीच छलफल भएपछि सचिवालय बैठक बस्ने र त्यसपछि स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरुको तयारी रहेको स्रोतले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*