विराटनगरका ६ पत्रकारले जिते कोरोना, आज डिस्चार्ज हुँदै

वेलकम खबर
भदौ ४, २०७७

विराटनगर । कोरोना संक्रमण पछि आईसोलेसनमा रहेको विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् ।

कोरोना जितेका पत्रकारहरुमा मोहन भण्डारी, कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साह रहेका छन् ।

तीन दिन अघि दिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आए पछि उनिहरु सबैलाई विहीबारनै डिस्चार्ज गर्ने तयारी रहेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना उद्घोष दैनिकमा आवद्ध छन् । त्यस मध्ये जितेन्द्र भण्डारी अन्नपूर्ण पोस्ट् दैनिकका विराटनगर समाचारदाता समेत हुन् ।

पत्रकारहरुलाई बिदाई गर्न विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली बैजनाथपुर पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*