धरानमा मृत्यु भएका सप्तरीका युवकमा कोरोना पुष्टि
वेलकम खबर
भदौ ४, २०७७
राजविराज। धरानमा मंगलबार मृत्यु भएका सप्तरीका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। मृतक राजविराज वडा नं। ४ का २८ वर्षीय युवक हुन्।
ज्वरो आएको र सास फेर्न गाह्रो भएका युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो। अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो।
धरान लगिएको केहीबेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको थियो।



















