उपत्यकामा १२७ सहित थप ५२५ मा कोरोना पुष्टि
वेलकम खबर
साउन २९, २०७७
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कोरोना सङ्क्रमितको संख्या २४ हजार ९५७ पुगेको छ।
आजसम्म सक्रिय सङ्क्रमितको संख्या ८,०२५ छ। आज ९ हजार ४५९ को परिक्षण गरिएको थियो। यस्तै निको हुनेको संख्या १६ हजार ८३७ पुगेको छ।
हालसम्म ६७.५ प्रतिशत निको भएका छन्। आज ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या ९५ पुगेको छ। संक्रमित शून्य भएका जिल्ला ६ वटा छन्। साथै उपत्यकामा थप १२७ मा कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन्।



















