ताप्लेजुङमा थप एकमा कोरोना पुष्टि
वेलकम खबर
साउन २७, २०७७
ताप्लेजुङ। ताप्लेजुङ जिल्लामा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। ताप्लेजुङमा शुन्य बनेको एक हप्ता नबित्दै मंगलवार फेरी १ जनामा संक्रमण देखिएको हो।
भारतीय सेनामा कार्यरत रही बिदामा घर आएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टी भएको बताइएकोे छ। उनी सहित २१ जनाको स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल बिराटनगर पठाईएकोमा उनको रिर्पोट कोरोना पोजेटिभ आएको हो।



















