हवाई उडान र लामो दूरीका सवारी संचालनको समय भदौ १५ सम्म स्थगित गर्न प्रस्ताव

वेलकम खबर
साउन २६, २०७७

काठमाडौं। आन्तरिक तथा बाह्य उडान र अन्तर जिल्ला यातायात सञ्चालन गर्ने मिती सरेको छ। आइतबार कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को बैठकले आगामी भदौ १५ गतेसम्म स्थगन गर्न प्रस्ताव गरेको हो।

गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि आन्तरिक तथा बाह्य हवाई उडान, शिक्षण संस्था र लामोदूरीका यातातायत संञ्चालन गर्ने निर्णय गरेको थियो। तर साउन ७ देखि लकडाउन खुला गरे सँगै कोरोना भाइरसको संक्रमण र जोखिममा बृद्धि हुदैं गएको भन्दै सीसीएमसीले भदौ १५ सम्म रोक लगाउन प्रस्ताव गरेको छ।

संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरसको जोखिम बढिरहेको अवस्था भएकाले हवाई उडानमा थप १५ दिन सम्म थप स्थगन गर्ने प्रस्ताव गरिएको बताए। सीसीएमसीले गरेको प्रस्ताव सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ।

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नको लागि चैत ११ बाट लकडाउन गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय उडानमा चैत ९ देखि र आन्तरिक उडानमा चैत ११ बाट प्रतिबन्ध लगाएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*