नेकपा विभाजन रोक्न ६१ सांसदको हस्ताक्षर सार्वजनिक (नामावलीसहित)
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् । आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
पार्टी एकताका पक्षमा प्रतिवद्धता व्यक्त गर्न आयोजित भनिएको पत्रकार सम्मेलनमा सांसद कृष्णप्रसाद दाहालले भने, ‘हामी तीन नेता प्रधानमन्त्री केपी ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्र्रचण्ड र नेता माधवकुमार नेपालकोमा जाने होेइन, उनीहरुलाई हाम्रोमा आउने बनाउँछौ ।’ कार्यक्रममा ६१ सांसदको हस्ताक्षर सार्वजनिक गरिएको थियो । उनीहरुले यो संख्या बढ्दै जाने दावी समेत गरेका छन् ।






















