अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि
वेलकम खबर
साउन २०, २०७७
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयमा कार्यरत १५ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार १ सय ८० जना कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गत बिहिबार एक प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएपछि प्रमुख आयुक्तसहित उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गर्दा थप १५ जनामा कोरोना पुष्टि भएको हो। उनीहरु अधिकांश प्रहरी कर्मचारी रहेका छन्।
थप संक्रमितको कन्ट्याक ट्रेसिङ सुरु गरिएको अख्तियारले जनाएको छ।



















