शनिवार थपियो ३१५ जनामा कोरोना संक्रमित संक्रमितको संख्या २० हजार नाघ्यो
काठमाण्डौ । शनिबार कोरोनाभाइरसका तीन सय १५ जना संक्रमित थपिएका छन्।
देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएका हुन्। अब संक्रमितको कूल संख्या २० हजार ८६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विगत २४ घण्टामा छ हजार ९ सय ९३ जनामा पिसिआर परीक्षण गरिएको जानकारी दिए।
शनिबारसम्म ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा छन् भने आइसोलेनमा रहनेको संख्या पाँच हजार तीन सय ३८ छ। विगत २४ घण्टामा कोरोना निको भएर ९३ जना घर फर्किए।अहिलेसम्म कोरोना निको भएर १४ हजार चार सय ९२ जना घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए।
कोरोनाबाट नेपालमा शनिबारसम्म ५६ जनाको मृत्यु भइसकेको छ।



















