आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित
वेलकम खबर
साउन १३, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। आज बिहान ११ बजे बोलाइएको बैठक फेरि स्थगित भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताउनुभयो ।
बैठक अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको उहाँले बताउनुभयो । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ।
साउन ६ गते बाढीपहिरो पीडितको उद्धार र राहतका लागि भन्दै बैठक एक साताका लागि स्थगित भएको थियो। यो बीचमा दुई अध्यक्षबीच पटक पटक छलफल भइरहेको छ ।



















