विशष्टिकृत अवस्थामा प्राज्ञिकको भुमिका महत्वपूर्ण पर्यटन मन्त्री भट्टराई

वेलकम खबर
साउन ११, २०७७

काठमाण्डौ साउन ११ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हालको विशिष्टिकृत अवस्थामा प्राज्ञिकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
आईतवार नेपाल प्रज्ञा प्रतिष्ठान,नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरुसँगको छलफलमा मन्त्री भट्टराईले जातजाति,भाषा तथा संस्कृतिको विविधता भएको हाम्रो देशमा प्राज्ञिकको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँ परिर्वतनको लागि विभिन्न समयमा भएको क्रान्तिमा प्राज्ञिकहरुले खेलेको भुमिका स्मरण गराउदै अहिलेको अवस्थामा प्राज्ञिकले भुमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।


मन्त्री भट्टराईले पिछडिएको समुदायलाई अगाडी ल्याउन प्राज्ञिकहरुकले महत्वपूर्ण भुमिका खेल्नु पर्ने उल्लेख गर्दै निराशा बोकेको जमातलाई प्राज्ञिकको तर्फबाट सकारात्मक सोचको विकास गराउन प्रेरित गर्न आग्रह गर्नुभयो ।
मन्त्री भट्टराईले अव नेपालमा लकडाउन तथा बन्दा बन्दीको सकिएकोले स्वास्थ्य सावधानी अपनाउदै नियमति कार्यक्रम गर्न निर्देशन समेत दिनुभयो ।
मन्त्री भट्टराईले सवै प्रतिष्ठानहरुले आउदो १५ गते भित्रमा मन्त्रालयमा गत आर्थिक बर्षमा हासिल गरिएका मूख्य मुख्य उपलब्धीहरु पेश गर्न निर्देशन दिदै एकै प्रकृतिको काम सवै मिलेर गर्न आग्रह गर्नुभयो ।
मन्त्री भट्टराईले चालु आर्थिक बर्षमा शत प्रतिशत प्रगति देखिने गरी काम गर्न काम आग्रह गदै आफनो जिम्मेवारी प्रति जवाफदेहि बनाउनका लागि सचिवले मन्त्रीसँग र मन्त्रीले प्रधानमन्त्रीसँग बार्षिक कार्य सम्पादन करार सम्झौत्ता गरे जस्तै प्रज्ञा प्रतिष्ठानमा कार्य सम्पादन करार सम्झौक्ता गर्न सुझाव समेत दिनुभयो ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रतिष्ठानले भाषा संस्कृति साहित्य दर्शन कलाको क्षेत्रमा उल्लेख्य भुमिका खेल्दै बाहय सम्बन्ध विस्तार गर्न आग्रह गर्नुभयो । सवै प्रतिष्ठान र सास्कृतिक संस्थान मिली ठोस योजना बनाएर मन्त्रालयमा पेश गर्न समेत सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती,नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य,साँस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी लगायतले आ आफनो प्रतिष्ठानले गरेका प्रगति तथा चालु आवको कार्यक्रम पेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*