भारतमा थपिए एकै दिन ४८ हजार बढि कोरोना संक्रमित
वेलकम खबर
साउन ११, २०७७
एजेन्सी। भारतमा शनिबार एकै दिन ४८ हजार ४७९ जना संक्रमित थपिएका छन्। यो संगै भारतमा कुल संक्रमितको संख्या १३ लाख ८५ हजार ४९४ पुगेको छ। शुक्रबार ४८ हजार ८९२ तथा बिहीबार ४८ हजार ४४६ जना संक्रमित थपिएका थिए।
पछिल्लो २४ घण्टामा ६९२ जनाको मृत्यु भए संगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या भारतमा ३२ हजार ९६ पुगेको छ। भने निको हुनेको संख्या ८ लाख ८६ हजार २३५ पुगेको छ। शनिबार ३६ हजार १२७ जना निको भएका छन्।



















