नमुनाको रुपमा होटलको विकास गर्न पर्यटन मन्त्रीको निर्देशन

वेलकम खबर
साउन ९, २०७७

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ग्रामिण पर्यटनमा विदेशीहरुलाई आर्कषण हुने गरी काम गर्न तारा गाउ विकास समितिका पदाधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।

शुक्रवार तारा गाउ विकास समिति कार्यालय निरीक्षण गदै मन्त्री भट्टराईले नेपालमा आउने पर्यटकहरुलाई नेपाली कला संस्कृति सित परिचित हुने नेपाली आवास गृह,नेपाली कला संस्कृतिको झल्कने खालका स्तरीय होटल बनाउन निर्देशन दिनुभएको हो । मन्त्री भट्टराईले तारागाँउ विकास समितिले सञ्चालन गरेको नगरकोट,पोखरा,ककनी क्षेत्रका होटललाई ग्रामिण पर्यटनको झल्को दिने गरी नमुनाको रुपमा विकास गर्न समेत निर्देशन दिनुभयो ।


मन्त्री भट्टराईले हायात रेजन्सी होटलको जग्गा विवाद चाँडो समाधान गर्न समेत निर्देशन दिनुभयो उहाँले ग्रामिण क्षेत्रमा पर्यटन ब्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्ने आयोजना सञ्चालन गर्न समेत अध्यक्ष प्रल्हाद न्यौपानेलाई निर्देशन दिनुभयो ।

पर्यटन मन्त्रालयका सचिव केदारबाबु अधिकारीले तारागाउँबाट सञ्चालन भएको होटलहरु विदेशी स्टेन्डको बनाउन आग्रह गर्नुभयो ।
तारा गाउका अध्यक्ष न्यौपानेले अव तारागाउ विकास समितिले नराखेर राष्ट्रिय ग्रामिण पर्यटन विकास समिति बनाउन माग समेत गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*