ताप्लेजुङ सरोकार केन्द्र र समाज एकिकरण हुने ( प्रेस विज्ञप्ती सहित )
काठमाडौं । दुई बर्ष अघि छुटिएर गएका ताप्लेजुङ समाज नेपाललाई एकिकरणको आव्हान गरिएको छ । ताप्लेजुङ सरोकार केन्द्रबाट छुट्टिएर ताप्लेजुङ समाज – नेपाल बनाएको संस्थालाई सरोकार केन्द्र काठमाडौंले औपचारिक रुपमा एकिकरणको लागि आव्हान गरेका हो ।
जिल्लावासीहरुको चाहना र भावनालाई सम्मान गर्दै र ताप्लेजुङबासीहरु बिचको एकता, हार्दिकता र हितको लागि अझ दह्रो र एकीकृत संस्थाको आवश्यकतालाई मनन गर्दै सरोकार केन्द्रले एकिकरणको लागि आवहान गरेको एक विज्ञप्ती मार्फत जनाएको छ ।
सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले सवैको भावना एकिकरण भएको बताउदै विभाजन हुनपर्ने कनै कारण पनि नभएका कारण जिल्लाको हितका लागि खुलेका संस्था भएका कारण एकिकरणको प्रयास शुरु गरेको बताउनुभयो ।
गत साउन ५ गते बसेको १५औं पूर्ण बैठकले दुबै संस्थालाई एकीकरण गर्नको निम्ति केन्द्रका उपाध्यक्ष बलबहादुर तामाङको संयोजकत्वमा एक कार्यदल गठन गरेको जनाएको छ, सो कार्यदलको सदस्यहरुमा केन्द्रका उप–महासचिव सन्तोष मादेन, सचिव पदमजंग आङबुहाङ कोषाध्यक्ष मिङमाडण्डु लामा र सदस्य त्रिवेणी चोङवाङ रहनु भएको छ ।
सो कार्यदलले समाजसँग छलफल गरी एकीकरणको प्रक्रियालाई अगाडि बढाउने जिम्मेवारी दिएको हुँदा एकीकरण प्रक्रियालाई संस्थागत ढंगबाट अगाडि बढाउन जिम्मेवारी दिईएको संस्था अध्यक्ष सांवाले बताउनु भयो ।
कार्यदलका सदस्य सन्तोष मादेनले एकिकरणको लागि पत्र समाज नेपालका महासचिव अग्नी पौडेललाई हस्तान्तरण गदै एकिकरणको लागि छलफल शुरु गरेको बताउनुभयो । यस सम्बन्धमा समाजका अध्यक्ष डम्बरबहादुर तु्म्वाहाम्फेसँग प्रतिक्रिया लिन खोज्दा उहाँको मोवाईल स्वीच भएकोले कुनै प्रतिक्रिया लिन सकिएन ताप्लेजुङ सरोकार केन्द, काठमाडौंको २०६२ सालमा स्थापना भएको थियो ।




















