युवतीमाथि एसिड प्रहार गरेको आरोपमा दुईजना पक्राउ

वेलकम खबर
साउन ९, २०७७

काठमाडौं। काठमाडौँको सीतापाइलामा एक युवतीमाथि एसिड आक्रमण गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौँको डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई प्रहरीले पक्राउ गरेको हो।

राति ११ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिहीबार साँझ सीतापाइलामा एसिड प्रहार भएकी २२ वर्षीया पवित्रा कार्कीको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ।

साँझको समयमा दही किन्न निस्किएकी ओखलढुंगाकी उनलाई एसिड प्रहार भएको हो। उनी आफन्तसँग बस्दै आएकी थिइन्। पवित्रा राजधानीको हायात होटलमा अकाउन्ट सेक्सनमा काम गरिरहेको र लकडाउनपछि कोठामै बसिरहेको जनाइएको छ। एसिडले युवतीको अनुहार र हातमा जलन भएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*