काठमाडौंमा युवतीमाथि एसिड प्रहार

वेलकम खबर
साउन ९, २०७७

कठमाडौं। काठमाडौंमा हिजो बेलुकी एक युवतीमाथि एसिड प्रहार भएको छ। ओखलढुंगा घर भएकी युवतीमाथि सोल्टी दोबाटोमा एसिड प्रहार भएको हो।

अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। बजारबाट दही किनेर फर्किँदै गर्दा बेलुकी पौने सात बजेतिर एक व्यक्तिले उनीमाथि एसिड छ्यापेका हुन्। एसिडले पोलेपछि उनी चिच्याउँदै दौडेर कोठा पुगेकी थिइन्।

उनको दायाँ भागको कपाल, गाला र घाँटीको केही भागमा एसिड परेको छ । ती युवतीले एसिड प्रहार गर्ने व्यक्तिले मास्क लगाएको र आफूले नचिनेको जानकारी प्रहरीलाई दिएकी छिन्। आक्रमणकारी युवक सिसी क्यामेरामा देखिएको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*