रञ्जन कोइराला जेल मुक्त गर्ने सर्वोच्चको निर्णयविरुद्ध पुनरावलोकन निवेदन दर्ता

वेलकम खबर
साउन ८, २०७७

काठमाडौं। श्रीमतीको हत्या गरेको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता भएको छ। महान्यायधिवक्ता कार्यालयमा छलफलपछि सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गरिएको हो।

कोइरालाले श्रीमती गीता ढकाल ९कोइराला०को हत्या गरेको अभियोगमा २०६८ माघ ८ गते प्रहरीले पक्राउ गरेको थियो। नौबिसेतिर बाट काठमाडौंतर्फ बा ८ च ५४०८ नम्बरको कार आउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रमाण नष्ट गरेर फर्किँदा उनलाई पक्राउ गरिएको थियो।

घटनाको प्रकृति, प्राप्त प्रमाण लगायत प्रहरीको अनुसन्धानलाई हेरेर जिल्ला अदालत काठमाडौंले २०७१ वैशाख ७ गते कोइरालाई सर्वश्व सहित जन्मकैद सुनाएको थियो। अदालतको फैसलामा चित्त नबुझेपछि उनी फेरि उच्च अदालत पाटन (तत्कालीन पुनरावेदन) पुगे। २०७२ मंसिर २३ गते उच्च अदालतले जिल्लाकै फैसला सही भएको भन्दै सदर गर्‍यो।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा र तेजबहादुर कार्कीको संयुक्त इजलासले सजाय घटाएर ८ वर्ष ६ महिना तोकेको थियो। सर्वोच्चले पनि उच्च र जिल्लाकै निर्णय सदर गरेको भए रञ्जनले २० वर्ष जेल सजाय भुक्तान गर्नुपर्थ्यो।

तर, अदालतले कोइरालाको साढे ११ वर्ष कैद मिनाह गरिदियो। बिहीवार कोइराला सर्वोच्चले तोकेको कैद सजाय भुक्तान गरेर डिल्लीबजार सदरखोरबाट जेलमुक्त भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*