लमजुङमा पहिरोले १९ घर पुर्यो

वेलकम खबर
साउन ८, २०७७

लमजुङ। केही दिनदेखिको अविरल वर्षापछि लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित पल्लोटारीमा पहिरोले १९ घर पुरिएको छ। बुधबार बिहान घर माथिबाट खसेको पहिरोले गाउँको कुल ८० घरमध्ये १९ घर पूर्ण क्षति भई बगरका रुपमा परिणत भएको भने बाँकी ६१ घर जोखिममा परेको छ।

पहिरोमा परी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिएका थिए।

स्थानीयहरु जोखिम पूर्वानुमान गर्दै नजिकैको स्कुलमा बसेकाले मानवीय क्षति नभएको प्रहरीले बताएको छ। पहिरोबाट विस्थापित परिवारलाई सामुदायिक भवन र छिमेकी गाउँहरुमा राखिएको मस्र्याङ्दी गाउँपालिकाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*