विश्वमा एकैदिन २ लाख २ हजार बढी थपिए कोरोना संक्रमित
वेलकम खबर
साउन ८, २०७७
काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा २ लाख २ हजार ७२६ कोरोना संक्रमित थपिएका छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार गत शनिबार हालसम्मकै सबैभन्दा धेरै २ लाख ५९ हजार ८४८ कोरोना संक्रमित थपिएका थिए।
यो सँगै विश्वमा कोरोना संक्रमित संख्या १ करोड ५३ लाख ६४ हजार १२० पुगेको छ। भने कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख २९ हजार २९८ पुगेको छ। साथै विश्वमा अहिले सम्म ९३ लाख ४३ हजार ७१५ उपचार पछि निको भएका छन्।


















