स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी

वेलकम खबर
साउन ७, २०७७

काठमाडौं। स्वास्थ्यसामग्री खरिदमा अनियमितता गरेको आरोपमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ढकालविरुद्ध ‘इनफ इज इनफ’का अभियन्ताले उजुरी गरेका हुन्।

उजुरीकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, तत्कालीन स्वास्थ्यसचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका प्रमुख महेन्द्र श्रेष्ठलगायतलाई पनि छानबिनको दायरामा ल्याउन माग गरेका छन्।

‘इनफ इज इनफ’का अभियन्ताले मन्त्री ढकालसहित स्वास्थ्यसचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह र ओम्‍नी समूहका सञ्चालकविरुद्ध पनि उजुरी गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*