उपत्यका प्रवेश गर्न भदौ १ गतेसम्म पास चाहिने
वेलकम खबर
साउन ७, २०७७
काठमाडौं। सरकारले लकडाउन अन्त्य गरेपनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको छ। लामो दुरीका सवारी साधन तत्काल नखुलेकाले पास कायम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
सरकारले लामो दुरीका सवारी साधनलाई भदौ १ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको थियो। उपत्यकाको हकमा तीन जिल्ला र बाहिरको हकमा एक जिल्लाभित्र सवारी साधन सन्चालनलाई गत असोज २६ गतेदेखि खुला गरिएको थियो।
यातायात व्यवशायीले आफ्ना मागहरु पुरा भएपछि बिहीबारदेखि सवारी साधन सन्चालन गर्दैछन्। जोर-बिजोर प्रणाली पनि खारेज गरिएको छ।


















