कार्य सम्पादन प्रगति पेश गर्न पर्यटन मन्त्रीको निर्देशन

वेलकम खबर
साउन ७, २०७७

काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कर्मचारीसंगको कार्य सम्पादन सम्झौत्ता प्रगति हप्ता दिन भित्र पेश गर्न निर्देशन दिनुभएको छ ।
बुधवार मन्त्रालयमा गत आर्थिक बर्षको प्रगति समिक्षा तथा चालु आ.वको कार्यक्रमको बारेका भएको छलफलमा मन्त्री भट्टराईले गत आवमा मन्त्रीसँग भएको सम्झौता अनुसारका कार्य सम्पादन करारको प्रगति पेश गर्न मन्त्रालका सचिवलाई निर्देशन दिनुभएको हो ।
मन्त्रालयका अन्य शाखा अधिकृतले, उपसचिवसँग उपसचिवले सहसचिवसँग र सहसचिवले सचिवसँग सचिवले मन्त्रीसँग गरेको कार्य सम्पादन सम्झौत्ता अनुसारका कार्य प्रगति पेश गर्न सवैलाई निर्देशन दिनुभयो ।
गत आवमा मन्त्रीले प्रधानमन्त्रीसँग गरेको सम्झौत्ता आधारमा प्रगति प्रतिवेदन पेश गर्ने मन्त्री भट्टराईले बताउनुभयो । उहाँले सवैसँग हप्ता दिन भित्रमा बार्षिक कार्य सम्पादन सम्झौत्ता गर्ने समेत बताउनुभयो ।
मन्त्री भट्टराईले प्रत्येक महिनाको पहिलो हप्ता मासिक प्रगति समिक्षा र आउदो महिनाको योजना पेश गर्न सवैलाई निर्देशन दिदै आन्तरिक बजेट र नेपाल सरकारबाट प्राप्त हुने अनुदानबाट सञ्चालन हुने निकाय र विकास समितिहरुलाई बजेट तथा कार्यक्रम साउन भित्र पास गर्न निर्देशन दिनुभयो ।
मन्त्री भट्टराईले आउदो भाद्र १५ देखि होटल तथा रेष्टुरा खुल्ने हुदाँ स्वास्थ्य र सुरक्षा सम्बन्धि सावधानी अपनाउन सवै सरोकारबालाहरुसँग १० गते भित्र समुहगत छलफल गरी उपत्यकाका लागि पर्यटन विभाग,पर्यटन बोडले अनुगमन संयन्त्र निर्माण गर्नु पर्ने साथै प्रदेश स्तरमा प्रदेश मन्त्रालयको नेतृत्वमा अनुगमन संयन्त्र बनाउनको लागि अनुरोध गर्ने निर्देशन दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*