बाढीले नारायणीको हात्तीको मूर्ति बगायो

वेलकम खबर
साउन ५, २०७७

काठमाडौं। नारायणी नदीमा आएको बाढीले चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा बनाइएको हात्तीको दुई वटा मूर्ति बगाएको छ। लगातारको वर्षाको कारण आएको बाढीले नारायणी नदी किनारमा रहेको दुई वटा मूर्ति सोमबार बगाएको हो।

नदीमा पानीको बहाव बढेपछि दुवै मूर्तिलाई डोरीले बाँधेर राखिएको थियो। तर सोमबार अपरान्ह नदीको बहाव बढ्दै गएपछि एक घण्टाको फरकमा हात्तीको दुवै मूर्ति बगाएको हो।

यसैबीच स्थानीयको सक्रियतामा बाढीले बगाएको हात्तीको दुवै मुर्ती नारायणी नदीबाट बाहिर निकाल्न सफल भएको छ। नदीबाट निकालिएका दुवै मुर्तीलाई नारायणगढस्थित राममन्दिर परिसरमा राखिएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*