सशस्त्र प्रहरीमाथि भारतीय तस्करको आक्रमण दुई जवान घाइते

वेलकम खबर
साउन ४, २०७७

झापा। झापाको दक्षिणी भारतीय सीमावर्ती क्षेत्रस्थित गौरीगञ्ज गाउँपालिका– ५ स्थित डाँगीटोलामा रहेको सशस्त्र प्रहरीको पोष्टमा भारतीय तस्करले आक्रमण गरेको छ। भारतीय तस्करको आक्रमणमा दुई प्रहरी जवान घाइते भएका छन्।

नेपाल–भारत सीमा क्षेत्रको सशस्त्र प्रहरी पोष्टमाथि शनिबार राति ९:१५ मिनेट समयमा करिब ४० र ५० जनाको सङ्ख्यामा आएका घरेलु हतियारधारीको तस्करको समूहले आक्रमण गर्दा दुई प्रहरी जवान घाइते भएका हुन्। घाइते ती प्रहरी जवानको शरीरमा चोटपटक लागेको बताइएको छ।

डाँगीटोलास्थित पिलर नं १५२ को करिब ३०० मिटर पूर्वमा रहेको अस्थायी सशस्त्र प्रहरी पोष्टमाथि एक्कासि आक्रमण गर्न थालेपछी स्थितिलाई नियन्त्रण लिन प्रहरीले चार राउन्ड हवाई फायर गर्नुपरेको सीमा सशस्त्र प्रहरी बल गौरीगञ्जले जनाएको छ। झडपमा आक्रमणकारीले भाला, खुकुरी, रड, दाउलगायतका घरेलु हातहतियार प्रयोग गरेका थिए।

हवाइफायर पछि आक्रमणकारी तितरबितर भएका र भारततर्फ नै भागेका प्रहरीले जनाएको छ। भारतीय तस्करले नेपालतर्फ मालसमान लान नपाएको झोकमा प्रहरीमाथि आक्रमण गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

यस अघि पनि झापा गाउँपालिका स्थित सीमा क्षेत्रमा भारतीय तस्करले  सशस्त्र प्रहरीमाथि आक्रमण गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*