ओली–प्रचण्डबीचको साढे दुई घण्टा छलफलमा पनि सहमति अन्योल
काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले साढे दुई घण्टा छलफल गरेका छन्। दुई अध्यक्षको बालुवाटारमा भएको आजको छलफल पनि निचोडमा पुग्न नसकेको बताइएको छ।
प्रधानमन्त्रीसमेत रहेका ओली र पार्टी अध्यक्ष प्रचण्ड अपराह्न सवा चार बजेदेखि वार्तामा बसेका थिए। दुवै नेता पुरानै अडानमा कायम रहेको र सहमतिका विकल्पमा ठोस समझदारी जुट्न नसकेको बताइएको छ।
हिजोको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले अर्ली महाधिवेशनको प्रस्ताव गरेका थिए। प्रचण्ड मौन बसेपछि सहमति जुट्ने सम्भावना देखिएको थियो।
तर, आज बिहानै भाँडिएको स्रोतले दाबी गरेको छ। माधव नेपालको गम्भीर असहमतिपछि प्रचण्ड पछि हटेको दाबी स्रोतको छ। प्रधानमन्त्री ओलीले त्यसैमा मनाउन प्रयत्न गरिरहेको बुझिएको छ।



















