देशका विभिन्न ठाउँमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ। गएराति केही देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ। बाढीको जोखिमका कारण नदी तथा खोला किनार क्षेत्र आसपासका सर्वसाधारणलाई सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
पछिल्लो ३ घण्टामा परासी, बर्दघाट, डन्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी वर्षा मापन भएको, थप वर्षा हुन सक्ने, अरुणखोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा एक्कासि बाढी आउन सक्ने भएकोले आज बिहान १० बजे सम्म सतर्क रहन भनिएको छ।
त्यस्तै गएराति नै कपिलवस्तुको बाणगङ्गा र आसपासमा भारी वर्षा भएकोले वाणगङ्गा, गुडुंग लगायत आसपासका स-साना नदी तटीय क्षेत्रमा बाढी आउन जोखिमका कारण आज बिहान ७ बजेसम्म सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
मेलम्ची, इन्द्रावती, बलेफी र भोटेकोशी नदी जलाधारको माथिल्लो तटीय क्षेत्रमा राति भारी वर्षा भएको छ। उक्त स्थानका साना नदी आसपासमा पनि सर्वसाधारणलाई सचेत गराइएको छ।


















