सौतेनी आमाको कुटपिटबाट पाँच वर्षीय छोराको मृत्यु
रौतहट। रौतहटमा सौतेनी आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ। स्थानीय देवाही गोनाही नगरपालिका ४ दोहर टोलमा सौतेनी आमाको कुटाइ बाट छोराको मृत्यु भएको हो।
आफ्नो छोरालाई पिटेको निहुँमा स्थानीय गणेश शहनिको श्रीमति २० वर्षीया फुलवादेवि शहनीले सौताको छोरा ५ वर्षीय कृष्ण शहनिलाई शुक्रबार साँझ मर्नासन हुनेगरि कुटपिट गरेको थिइन्। गम्भीर चोटपटक लागेका ५ बर्षिया नाबालक कृष्ण शहनी को उपचारको क्रममा आज सुकदेव चौकस्थित नेपाल तराई अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैबीच कुटपिट गर्ने सौतेनी आमा फुलवादेवी शहनी लाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक नाबालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ।


















