पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका ३ जनाको मृत्यु

वेलकम खबर
साउन ३, २०७७

काठमाडौँ। अविरल वर्षासँगै शुक्रबार बिहान आएको पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। माछापुच्छ्रे गाउँपालिका– ८ खोराकोमुख पाखास्थित प्रेम विकको घर पुरिँदा उनका १६ वर्षमुनिका दुई नाति र एक नातिनीको मृत्यु भएको हो ।

घर भन्दा दुई सय मिटरमाथिको पाखोबाट खसेको पहिरोले प्रेमको टिनले छाएको घरको एउटा कोठा पुरिएको थियो। त्यही कोठामा सुतेका १४ वर्षीय समीर, १६ वर्षीय कुशल र १६ वर्षीया रेजिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। अर्को कोठामा रहेका प्रेम, उनकी पत्नी र एक जना नातेदार भने सकुशल रहेको प्रहरीले जनाएको छ । उनीहरू बसेको कोठामा पहिरोले क्षति पुर्‍याएको छैन।

मृत्यु भएका तीनजना प्रेमका तीन छोराका छोरा–छोरी हुन्। समीर खेमराजका, कुशल कृष्णका र रेजिना हिरालालकी छोरी हुन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*