बैङ्कका सिईओको भत्ता कटौती
वेलकम खबर
साउन २, २०७७
काठमाडौँ। राष्ट्र बैङ्कले बैङ्क तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) को तलब भत्ता कटौती गर्ने निर्णय गरेको छ। शुक्रबार राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७७ र ०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै कोरोना भाइरसको महामारीका कारण मितव्ययिता कायम गर्नुपर्ने भएकोले यस्तो निर्णय गरेको हो।
‘बैङ्कक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीको पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ। सञ्चालक समितिको बैठक भत्ता तथा सुविधा निर्धारण सम्बन्धमा मापदण्ड तर्जुमा गरिनेछ।’, मौद्रिक नीतिमा उल्लेख छ।



















