ब्युटी पार्लर व्यवसायीलाई कोरोना सङ्क्रमणको पुष्टि
वेलकम खबर
साउन २, २०७७
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंमा ब्युटी पार्लर व्यवसायमा संलग्न एक जनालाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको जनाएको छ। मन्त्रालयका अनुसार धेरै भीडभाड हुने स्थानमा गरिएको स्वाब परीक्षणमा एक पार्लर व्यवसायीलाई कोरोना पुष्टि भएको हो।
सङ्क्रमितको ठेगाना बारे मन्त्रालयले जानकारी दिएको छैन। पछिल्लो २४ घण्टामा १०१ जना नयाँ सङ्क्रमित थपिएका छन्। हालसम्म नेपालमा १७ हजार ४४५ जनालाई कोरोना पुष्टि भइसकेको छ। ११ हजार ५३४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने ४० जनाको मृत्यु भएको छ।


















