विश्वमा संक्रमितको संख्या १ करोड ३९ लाख नाघ्यो, ५ लाख ९१ हजार बढीको मृत्यु
काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३९ लाख ३० हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ३९ लाख ३० हजार ११५ पुगेको छ। कोरोनाबाट हालसम्म ५ लाख ९१ हजार ८६२ जनाको मृत्यु भइसकेको छ। भने ८२ लाख ६५ हजार ५६९ जना निको भइसकेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३५ लाख ६० हजार ३ सय ६४ पुगेको छ भने १ लाख ३८ हजार २ सय १ को मृत्यु भइसकेको छ। यस्तै ब्राजिलमा २० लाख १२ हजार १ सय ५१ संक्रमित छन्र भने ७६ हजार ६ सय ८८ जनाको मृत्यु भएको छ।



















