मेलम्चीमा बेपत्ता एकको शव भेटियो
वेलकम खबर
असार ३१, २०७७
काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ। परीक्षणका क्रममा सुरुङको १७ नम्बर गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बेपत्ता भएका थिए।
तीमध्ये अन्दाजी २५ वर्षीय इन्जिनियर सतिश गोहितको शव बुधबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका९११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको प्रहरीले जनाएको छ।


















