भोलिबाट २६ साझा बस चल्ने (रुटसहित) 

वेलकम खबर
असार ३१, २०७७

काठमाडौँ। भोलिदेखि साझा यातायातले उपत्यकामा बस सञ्चालन गर्ने भएको छ। सरकारको मापदण्ड पुरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णयपछि साझा बसले ८ रुटमा २६ बस सञ्चालनमा ल्याउन लागेको हो।

बिहीबारदेखि २६ वटा बसले सेवा शुरु गर्ने र पछि आवश्यक परेमा अन्य बस थप्ने साझाको योजना रहेको छ। साझाले बसलाई हरेक बिहान सेनिटाइजर गर्ने बताएको छ। यात्रुलाई पनि अनिवार्य रुपमा माक्स प्रयोग गर्न साझाले आग्रह गरेको छ।

साझाका बसहरू सञ्चालन हुने रुटहरू
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानीलकण्ठ
लगनखेल, सातदोबाटो, कंलकी हुँदै थानकोट
लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
रत्नपार्क, कलङ्की, स्वयम्भु हुँदै बालाजु
रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक
गोदावरी, लगनखेल हुँदै रत्नपार्क
लामाटार, लगनखेल हुँदै रत्नपार्क

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*