विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ८० हजार नाघ्यो

वेलकम खबर
असार ३१, २०७७

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ८० हजार नाघेको छ। कोरोनाबाट विश्वमा हालसम्म मृत्यु हुनेको संख्या ५ लाख ८० हजार २४८ पुगेको छ। त्यस्तै कोरोना भाइरस संक्रमितको हुनेको संख्या १ करोड ३४ लाख ४६ हजार नाघेको छ। विश्वमा अहिले सम्म कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड ३४ लाख ४६ हजार २४६ पुगेको छ।

कोरोनाबाट सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल रहेकोे छ। साथै कोरोना संक्रमण भएकाहरु उपचार पछि निको हुनेको संख्या विश्वमा ७८ लाख ३७ हजार ६०३ पुगेको छ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*