सरकारद्धारा ६ जना श्रष्टा पुरस्कृत
काठमाडौँ, । सरकारले नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७६ द्धारा विभिन्न ६ जना श्रष्टालाई सम्मान गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सिंहदरबारमा एक कार्यक्रमकाबीच श्रष्टाहरु रामहरि गुरुङ, हस्त बहादुर थापा, प्रचण्ड मल्ल, कुमार बस्नेत, नीर शाह र नारायणदेबी प्रधानलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ । तीसबै पुरस्कार पर्यटनमन्त्री भट्टराईले समर्पण गर्दै नेपाली नाट्य सङ्गीत क्षेत्रको प्रवद्र्धनका निम्ति पुरस्कारले हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनमा भएको उक्त कार्यक्रममा मन्त्री भट्टराईले विभिन्न श्रष्टाहरूको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न श्रष्टा तथा व्यक्तित्वहरूलाई प्रदान गरिएको बताउनुभयो ।

उहाँले मुलुकको सांस्कृतिक रुपान्तरणमा श्रष्टाहरुले खेलेको भूमिकाको प्रसंशा गर्दै आगामी दिनमा पनि थप सक्रियताका देखाउन आग्रह गर्नुभयो ।
कला, संस्कृतिको सम्रक्षण प्रवद्र्धनका निम्ति मन्त्रालयले विशेष ध्यान दिएको पनि मन्त्री भट्टराइको भनाई थियो ।


















