मेलम्ची खानेपानी आयोजनाको सुरुङमा २ जना बेपत्ता

वेलकम खबर
असार ३०, २०७७

काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन्। हेलम्बु गाउँपालिका-१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक बेपत्ता भएका सिन्धुपाल्चोकका प्रहरी कार्यलयले जनाएकोे छ।

हाल मेलम्ची आयोजनाको सुरुङमा पानी राखेर परीक्षणको काम भइरहेको छ। परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो।

उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ। बेपत्ता २ जनाको प्रहरीले खोजी सुरु गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*