उद्योग अधिकृत ९६ हजार घुससहित पक्राउ
वेलकम खबर
असार ३०, २०७७
बाँके। घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत घुस रकमसहित पक्राउ परेका छन्। सातौं तहका अधिकृत हुकुमबहादुर ओलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलबार पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले ओलीलाई ९६ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेका हुन्।
ओलीले निर्माण व्यवसायीको लाइसेन्सबापत घुस रकम माग गरेको अख्तियारको टोलीले जनाएको छ।


















