सूर्यराज र मुमाराम साझा पार्टीबाट अलग भए

वेलकम खबर
असार २८, २०७७

काठमाडौँ। साझा पार्टीबाट डा. सूर्यराज आचार्य र मुमाराम खनाल अलग भएका छन्। पार्टी निर्माण प्रक्रियाबारे सहमति जुट्न नसकेपछि प्रवक्ता डा. आचार्य र केन्द्रीय सदस्य खनाल पार्टी सङ्गठनबाट बिदा भएका हुन्। साझा पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले आचार्य र खनाललाई धन्यवाद दिने प्रस्ताव समेत पास गरेको छ।

पार्टी एकीकरण–ध्रुवीकरणको बाटो रोज्नु भनेको उल्टो बाटो हुने आचार्य र खनालको तर्क छ । साथै दुवैले पार्टी संरचनामा नबस्ने बताएपछि आइतबार बसेको बैठकले अहिले सम्म गरेको योगदानका लागि धन्यवाद दिने निर्णय साझा पार्टीले गरेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*