विज्ञ भन्छन् : नेपालमा पुनः कोरोना सङ्क्रमण दर शून्य

वेलकम खबर
असार २८, २०७७

काठमाडौँ। नेपालमा शनिबारसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

डिस्चार्ज भएका घर फर्केका यी व्यक्ति मध्ये फेरि कोही व्यक्ति सङ्क्रमित भएर उपचारका लागि अस्पताल भर्ना भएका छन् तरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार उपचारपछि डिस्चार्ज भएका कसैलाई पनि पुनः सङ्क्रमण देखिएको छैन। ‘डिस्चार्ज भएर गएका कसैलाई पनि पुनः कोरोना सङ्क्रमण देखिएको छैन।’ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको भनाइ पनि यस्तै छ।

‘संक्रमितमध्ये डिस्चार्ज भएका कसैलाई पनि पुनः सङ्क्रमण देखिएको छैन।’ डा.पुन भन्छन्, सङ्क्रमण पछि उपचार पाएर डिस्चार्ज भइसकेका व्यक्तिलाई पुनः सङ्क्रमणले छुन्छ कि छुँदैनरु यसमा भने विज्ञहरूको मत बाझिएको छ।

एकथरी विज्ञहरू एकपटक सङ्क्रमित भएर गइसकेपछि शरीरबमा एन्टिबडी बन्छ र ढुक्क भएर काम गर्न सक्ने बताउँछन् । केही विज्ञले भने सङ्क्रमण भएको व्यक्तिमा भएको एन्टिबडीले पूर्ण रुपमा काम नगर्न पनि सक्छ भनेर सावधानी अपनाउन सुझाव दिएको देखिन्छ।

यद्यपि यस विषयमा थप अनुसन्धान भइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. गौतम भन्छन्, ‘सङ्क्रमण नहुने भने होइन, तर सचेत भने हुनै पर्छ।’

सरुवा रोग विशेषज्ञ डा.पुन पनि डिस्चार्ज भइसकेकाहरूलाई पुनः सङ्क्रमण नभएपनि सतर्कता भने अपनाउनुपर्ने बताउँछन्। ‘डिस्चार्ज भएर १४ दिन नाघेर घर गएका व्यक्तिलाई पुनः कोरोना भएको पाइएको छैन। त्यसैले कोरोनाबाट तर्सिहाल्नुपर्ने र आत्तिहाल्नुपर्ने अवस्था छैन।’  राजधानी दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*