सिन्धुपाल्चोकको बाढी–पहिरोमा अझै २० जना बेपत्ता   

वेलकम खबर
असार २७, २०७७

काठमाडौँ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५, जम्बुमा बुधबार राति गएको बाढी–पहिरोमा बेपत्ता भएका २० जना अझै फेलापरेका छैनन्। लगातारको वर्षाले सडक अवरुद्ध भएका कारण उनीहरूको खोजीमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ

स्थानीयको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले उनीहरूको खोजी गरिरहेको छ। बाढी–पहिरोमा परी ३७ परिवार विस्थापित भएका छन्।

यता, बिहीबार भोटेकोसी गाउँपालिका–३, लार्चामा गएको पहिरोमा परेर बेपत्ता भएका एकजना सामान्य घाइते अवस्थामा फेलापरेका छन्। पहिरोले पुरेको आशङ्का गरिएका सोही ठाउँका नाक्चे मगर सामान्य घाइते अवस्थामा फेलापरेका हुन्। सो ठाउँमा पहिरोमा परी विस्थापित भएका करिब १५० जनालाई तातोपानी भन्सार सुक्खा बन्दगाह कार्यालयमा राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*