विश्वमा एकै दिन २ लाख २८ हजार बढि कोरोना संक्रमित
काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा २ लाख २८ हजार भन्दा बढि कोरोना संक्रमित थपिएका छन्। शुक्रबार एकै दिन विश्वभरमा २ लाख २८ हजार १०२ कोरोना संक्रमित थपिएका हुन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार एकै दिन कोरोना संक्रमित यति धेरै भेटिएको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।
यसअघि जुलाई ४ मा सबैभन्दा धेरै २ लाख ११ हजार ४२८ संक्रमित थपिएका डब्लूएचओको तथ्यांकमा उल्लेख छ। यो संगै विश्वमा कोरोना संक्रमितको संख्या १ कारोड २६ लाख १५ हजार ३६७ पुगेको छ। त्यस्तै मृत्यु हुनेको संख्या ५ लाख ६२ हजार ११ पुगेको छ। भने विश्वमा अहिले सम्म ७३ लाख २० हजार ८७७ उपचार पछि निको भएका छन्।


















