बाढी-पहिरोका कारण ३५ जनाको ज्यान गयो, ३२ घाइते, ३४ जना बेपत्ता

वेलकम खबर
असार २६, २०७७

काठमाडौं। नेपालमा गत जेठ ३१ देखि असार २६ गतेसम्म गएको बाढी पहिरोमा परि ३५ जनाले ज्यान गुमाउनुका साथै ३२ जना घाइते तथा ३४ जना अझै बेपत्ता रहेका छन। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त तथ्या‌ंक प्रस्तुत गरेका हुन।

ओलीले हालसम्म पर्वत, बझाङ, गुल्मी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र दोलखा गरी आठ जिल्लामा पहिरोले क्षति पु¥याएको तथा सिन्धुपाल्चोक, तनहुँ र म्याग्दी तीन जिल्लाले भीषण बाढी र पहिरोका कारण क्षति व्यहोर्नु परेको बताएका छन। बाढी पहिरोले देशमा एक सय घर क्षतिग्रस्त बनाएको ३०१ परिवार विस्थापित हुनुपरेको प्रधानमन्त्रीले जानकारी दिएका हुन्।

सरकारले बाढी तथा पहिरोबाट प्रभावितहरुको उद्दारमा आवश्यक सुरक्षाकर्मीहरु परिचालित गरिसकेको तथा संघीय, प्रदेश र जिल्लास्थित विपद् समितिबाट राहत प्रदान गरिएको पनि जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*