नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ५३१ पुग्दा  ७ हजार ८९१ भए डिस्चार्ज

वेलकम खबर
असार २५, २०७७

काठमाडौँ। नेपालमा थप १ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

यो सँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ५ सय ३१ पुगेको छ। भने पछिल्लो २४ घण्टामा चार हजार ५ सय ८८ जनाको पीसीआर नमूना परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा २४ हजार ८ सय २५ जना र आइसोलेसनमा आठ हजार ६ सय ५ जना रहेका छन्।

साथै पछिल्लो २४ घण्टामा उपचार पछि निको भई डिस्चार्ज हुनेको सङ्ख्या १ सय ४९ रहेको छ। यो सँगै डिस्चार्ज हुनेको सङ्ख्या ७ हजार ८ सय ९१ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*