भारतीय मिडियाप्रति दया लाग्छ : मन्त्री योगेश भट्टराई
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल र नेपाली नेताहरुबारे भारतीय मिडियामा आएका समाचार र टिप्पणीप्रति असन्तुष्टि जनाएका छन्। मन्त्री भट्टराईले भारतीय मिडियाले प्रधानमन्त्री, नेपाली नेताहरू र नेपालको सवालमा गरेका टिप्पणीले पूर्वीय सभ्यताको उपहास भइरहेका बताए।
बिहीबार ट्विट गर्दै मन्त्री भट्टराईले लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री, नेपाली नेताहरू र नेपालको सवालमा भारतीय सञ्चार माध्यममा आइरहेका समाचार तथा टिप्पणी हेर्दा लाग्छ पूर्वीय सभ्यताको उपहास भइरहेको छ। उनीहरूले आफैँलाई सरेआम नङ्ग्याइरहेका छन्। दया लाग्छ उनीहरूको चिन्तनप्रति!’



















