सुनको मूल्यले कायम गर्यो नयाँ रेकर्ड
वेलकम खबर
असार २५, २०७७
काठमाडौँ। सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। आज एकैदिन सुन तोलामा ९ सय रुपैयाँ बढेर अहिलेसम्मकै धेरै तोलाको ९२ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
सुन हिजो तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९१ हजार ५ सय रुपैयाँ तोकिएको थियो। यसअघि गएको असार १७ गते सुन तोलाको ९१ हजार ७ सय रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महँगो भएकाले नेपालमा पनि महङ्गो भएको व्यवसायीले बताएका छन्। चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८५ रुपैयाँ पुगेको छ।



















