पूर्वराजकुमारी पूर्णिकाले रोजिन् प्रेमी, आमा हिमानीको पनि साथ, को हुन् उनी?

वेलकम खबर
असार २५, २०७७

काठमाडौँ। छोरी हुर्किइन्। एउटा वर खोज्ने भइन्। गोप्य राखे पनि वर पाएकी मात्र छैनन्, प्रेमको उत्कर्ष छ। प्रसङ्ग हो, पूर्वयुवराज पारस शाहको। उनका तमासाहरू देख्दा र सुन्दा लाज लाग्ने खालका छन्। तर, पत्नी र छोरीहरू सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरूको ताँती छ। ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर भर्खर आफूभन्दा झण्डै १० वर्षले जेठो युवकसँग प्रेममा परेकी छिन्।

पूर्णिका सामाजिक सञ्जालका प्रस्तुतिहरूको कारण युवामाझ आफूमात्र लोकप्रिय भइनन्, लकडाउनको बेला टिकटक ट्रेन्डमा आमा र बहिनीसहित सहभागी हुँदा निकै फ्यान बटुलेकी छन्। उनीहरूले धरानका पत्रकार गोपाल देवानको शब्दमा गायक सविन राईको गीत ‘गुराँशको फेदमुनी सम्झनाको छायाँ’ मा दिएको प्रस्तुति पूर्णिमाकै अकाउण्टबाट पोष्ट भएको थियो।

फलतः फेसबुकमा ५६ हजार फ्यान हासिल गरेकी छन्। उनै पूर्णिका आफूजस्तै अन्यायमा परेको एउटा परिवारका सदस्यको गहिरो मायामा डुबेकी हुन्। पूर्णिकाका प्रेमी हुन्, श्रीपेच धारण गर्ने नेपालका पहिलो र ब्रिटिसले पनि पहिलो प्रधानमन्त्री स्वीकारेका मुख्तियार माथवरसिंह थापाका सन्तान। पूर्णिकाका प्रेमचाहिँ सुशीलबरसिंहका छोरा, राजीवबरसिंह र नम्रताका भतिज धर्म हुन्, धर्म। सुशील र राजिब १३ दिने दाजुभाइ हुन्।

थाइल्याण्डमा अध्ययन गर्ने क्रममा पूर्णिकाले धर्मलाई भेटेकी थिइन्। सबै कुरा आमा हिमानीसँग शेयर गर्ने बानी परेकी पूर्णिकाले धर्मसँगको सम्बन्धबारे थाइल्याण्डमा हुँदै आमालाई सुनाएकी थिइन्। जनआस्था साप्ताहिकबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*