सिन्धुपाल्चोकमा बाढीले बगाएर २ को मृत्यु, १८ जना बेपत्ता

वेलकम खबर
असार २५, २०७७

काठमाडौँ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ५ स्थित नदीमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। अझै १८ जना बेपत्ता रहेको स्थानीयले बताएका छन्। सिन्धुपाल्चोक प्रहरीका अनुसार स्थानीयले दुई जनाको शव भेटिएको र अन्य १८ जना बेपत्ता रहेका छन्।

सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले १५ घर बगाएको हो। दुई जनाको शव फेला परेको र अहिले बाढीमा हराइरहेको सबैको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*