विश्वमा एकै दिन थपिए २ लाख १३ हजार बढि सङ्क्रमित

वेलकम खबर
असार २५, २०७७

काठमाडौँ। विश्वमा पछिल्लो २४ घण्टामा २ लाख भन्दा धेरै कोरोना भाइरस सङ्क्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख १३ हजार ३४ जना सङ्क्रमित थपिएका हुन्। यो अघिल्लो दिनको तुलनामा सात हजार भन्दा बढी रहेको छ।

अघिल्लो दिन दुई लाख लाख ६ हजार २२७० जना सङ्क्रमित थपिएका थिए। यो सँगै विश्वमा कोरोना सङ्क्रमित सङ्ख्या १ करोड २१ लाख ६२ हजार ६२६ पुगेको छ। साथै उपचार पछि निको हुनेको सङ्ख्या ७० लाख २९ हजार ४७० पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट पाँच हजार ५०७ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृत्युको हुनेको सङ्ख्या पनि बढेको छ। अघिल्लो दिन पाँच हजार ४६६ जनाको मृत्यु भएको थियो। यो सँगै कोरोनाबाट कुल मृत्यु हुनेको सङ्ख्या ५ लाख ५१ हजार ९७४ पुगेको छ।

थपिएका मध्ये सबैभन्दा धेरै अमेरिकामा ६१ हजार ६०२ जना जना रहेका छन्। सोही सयमा अमेरिका ८७९ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा ४१ हजार ५४१ जना सङ्क्रमित थपिएका छन् भने एक हजार १८७ जनाको मृत्यु भएको छ। भारतमा २५ हजार ५७१ सङ्क्रमित थपिँदा सोही अवधिमा ४९१ जनाको मृत्यु भएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*