नेपालमा थप २५५ जनामा कोरोना पुष्टि, सङ्क्रमित सङ्ख्या १६ हजार ४२३ पुग्यो

वेलकम खबर
असार २४, २०७७

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ४२३ पुगेको छ।

९७ प्रतिशत सङ्क्रमित बाहिरबाट भित्रिएका नेपाली रहेको मन्त्रालयले जनाएको छ। ४ हजार ६९६ जनाको आरडीटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २५५ जना सङ्क्रमित भेटिएको बताइएको छ।

हाल ८ हजार ६३६ जना देशका विभिन्न अस्पतालको आइसोलेसनमा रहेका छन्। त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन्। नेपालमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या ७ हजार ७ सय ५२ पुगेको छ। कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*