आज नेकपाको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बुधबार बस्दै छ। पटक पटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।
नेकपा भित्र चर्किएको विवादका कारण बैठक स्थगित हुँदै आएको छ। सहमतिका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भएपनि निकास निस्कन सकेको छैन।
यसअघि सोमबारका लागि तय भएको स्थायी कमिटीको बैठक आज (बुधबार) सम्मका लागि स्थगित भएको थियो। पार्टीभित्र सङ्कट गहिरिएसँगै शुक्रबार पनि थप आन्तरिक छलफल गर्नेगरी बिहीबारको स्थायी कमिटी बैठक एक दिनका लागि स्थगित गरिएको थियो।


















